महानगरको पे–पार्किङ असफल भएपछि डुब्यो व्यक्तिको लगानी
पाेखरा | असार १०, २०८०
गत माघदेखि पोखरा महानगरले सुरु गरेको पे–पार्किङ असफल भएको छ ।
महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेपनि अन्ततः सफल हुन सकेन । महानगर र सम्बन्धित वडा कार्यालय जागरुक भएपछि त्यसलाई सघाउन स्थानीय युवाले हलमा पार्किङको व्यवस्थापन गरेका थिए ।
उक्त जमिनलाई पार्किङ्योग्य बनाउन उनले लगानीसमेत गरे । त्यस्तै सवारीसाधन व्यवस्थापन र शूल्क उठाउन जनशक्ति व्यवस्थापन पनि गरे । तर महानगरको योजना नै असफल भएपछि उनको लगानीसमेत डुबेको छ ।
यस विषयमा सञ्चालकले प्रत्यक्षरुपमा कति लगानी भएको हो भन्ने नबताएपनि अनुमानित ५ लाख रुपैयाँ उनको खर्च भएको छ । ‘सरकारी योजनालाई सफल बनाउन नागरिकस्तरबाट सहयोग गरेको हुँ’ सञ्चालक भन्छन् ‘योजना नै असफल भयो, मेरो लगानी पनि खेर गयो ।’
उनको लगानी र समय खेर गएपछि धेरथोर क्षतिपुर्ति दिन वडा र महानगर तयार रहेको बुझिएको छ । वडाध्यक्ष दिपेन्द्र मर्सानी र वडा सचिव लोकदर्शन कोइरालाले ‘केही’ राहत उपलब्ध गराउन लागिपरेका छन् ।
पार्किङ उद्घाटनमा मेयर धनराज आचार्यले नगरभित्र २७ स्थानमा पार्किङ व्यवस्थापन गर्ने बताएका थिए । न्यूरोडमा राखिएका पार्किङको भने व्यवसायीले सुरुदेखि नै विरोध गर्दै आएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

